You are viewing the translated version of पञ्जीकृत जीवनाशक विषादीको नवीकरण.

Rule 10
पञ्जीकृत जीवनाशक विषादीको नवीकरण
(१) ऐनको दफा ७ को उपदफा (१)-बमोजिम पञ्जीकृत जीवनाशक विषादीको नवीकरणका लागि सम्बन्धित व्यक्ति, संस्था वा निकायले देहायका कागजात संलग्न गरी सम्बन्धित प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालयमार्फत वा सिधै केन्द्रमा अनुसूची- ५ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछः-

(क) केन्द्रबाट जारी गरिएको सक्कल पञ्जीकरण प्रमाणपत्र,

(ख) जीवनाशक विषादीको पैठारी गर्ने भएमा उत्पादकले बिक्री वितरण गर्न दिएको आधिकारिक वितरक पत्र,

(ग) उत्पादन भएको देशमा पञ्जीकरण गरिएको प्रमाणपत्रको प्रतिलिपि,

(घ) सम्बन्धित उत्पादकले जीवनाशक विषादीको सम्बन्धमा तयार गरेको सूचकपत्र,

(ङ) प्रयोगकर्ताको लागि: नेपाली भाषामा प्रयोग विधि खुलेको कागजात, र

(च) पञ्जीकृत जीवनाशक विषादीको व्यापारिक नाम, साधारण नाम, कन्टेनर र सूचकपत्रमा उल्लिखित विवरण पञ्जीकरण गर्दाका बखतभन्दा फरक भएमा सोको पुष्ट्याँई गर्ने प्रमाणित कागजात ।

(२) उपनियम /(१)- बमोजिम प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालयमा प्राप्त भएका निवेदन र संलग्न कागजात सो मन्त्रालयले त्यस्तो निवेदन प्राप्त भएको मितिले सात दिनभित्र केन्द्रमा पठाउनु पर्नेछ ।

(३):उपनियम (१) बमोजिमको निवेदन नेपाल राष्ट्रिय एकद्वार प्रणालीको अनलाइनबाट समेत दिन सकिनेछ।

(४) उपनियम (३) बमोजिम निवेदन दिएकोमा जीवनांशक विषादीको सूचकपत्र, कन्टेनर र प्रयोग विधि खुलेको “कागजात तथा विवरणको सक्कल प्रति केन्द्रमा पठाउनु पर्नेछ।

(५) उपनियम (१), (२) वा (३) बमोजिम प्राप्त निवेदन उपर केन्द्रले छानबिन गर्दा नवीकरण गर्न मनासिब देखिएमा अनुसूची-३ बमोजिमको शुल्क लिई ऐनको दफा ७ को उपदफा (२) बमोजिम पञ्जीकरण भएका जीवनाशक विषादीको नवीकरण गरिदिनु पर्नेछ।